ग्रिजम्यानको गोलसँगै एट्लेटिको विजयी
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन १२, शुक्रबार

स्पेनिस लिगमा एट्लेटिको म्याड्रिडले जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा एट्लेटिकोले २–० को जित निकालेको हो ।
ओसासुनाको घरेलु मैदानमा भएको खेलको २० औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।
खेल सकिन ९ मिनेट बाँकी छदाँ रोड्रिगो रिक्केलमेले गोल गर्दै एट्लेटिकोको जित सुनिश्चित गरे ।
ग्रिजम्यान खेलको म्यान अफ दी म्याच घोषित भए ।
एट्लेटिको ६ खेलबाट १३ अंक सहित तालिकाको पाँचौं स्थानमा छ ।
ओसासुना ७ अंक सहित १४ औं स्थानमा छ ।
Categorized in स्पाेर्ट्स