विश्व पर्यटन दिवसको अवसरमा धुँन्या तथा धिमे बाजाको प्रस्तुती
SamacharDesk – राम डंगोल | २०८० आश्विन १३, शनिबार

विश्व पर्यटन दिवस २०२३ को अवसरमा ज्यापु महागुथी नेपाल, काठमाडौं समितिको आयोजनामा आज नेपालको मौलिक बाजा धुँन्या र धिमे तथा प्वंगाको प्रस्तुती गरेको छ ।
काठमाडौं महानगरपालिकाको विशेष सहयोगमा बसन्तपुरमा आयोजित कार्यक्रममा ज्यापू समुदायका मौलिक एवं परम्परागत धुँन्या, धिमे तथा प्वंगाको विभिन्न २५ टोलका वाद्यवादकहरुले आ–आप्mनो प्रस्तुती दिएका थिए ।
१९ टोलका वाद्यवादकहरुले धुँन्या तथा धिमे प्रस्तुत गरेका थिए भने ६ टोलका वाद्यवादकहरुले धिमे र प्वंगाको प्रस्तुती गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, पूर्व मेयर विद्यासुन्दर शाक्य तथा ज्यापु महागुथिका वर्तमान अध्यक्ष सत्य नारायण डंगोल, ज्यापू महागुथी काठमाडौं समितिका अध्यक्ष पञ्चनारायण महर्जन तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता तथा डंगोल तथा पूर्व मेयर विद्या सुन्दर शाक्यले पानसमा बत्ति बालेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रम परम्परागत सांस्कृतिक वाद्यवादनको संरक्षण तथा सम्वद्र्धनसँगै नेपालको ऐतिहासिक कला, संस्कृति र सम्पदाको उत्थान गर्न तथा विश्वका पर्यटकहरुलाई नेपालमा आकर्षित गरी पर्यटन व्यवसायीहरुलाई सहयोग पु¥याउन कार्यक्रम आयोजना गरेको आयोजकले बताए ।
कार्यक्रममा बोल्दै पूर्व मेयर विद्या सुन्दर शाक्यले नेपालको ज्यापू समुदायले बजाउँदै आएको पम्परागत मौलिक बाजाहरु संचालन गर्ने सम्बद्र्धन गर्ने जिम्मा ज्यापु तथा नेवाः समुदायहरुको मात्र नभई सिंगो राष्ट्र तथा स्थानीय सरकारको भएको बताउनुभयो ।
परम्परादेखि चलिआएको जति पनि मौलिक बाजागाजाहरु, रीतिरिवाजहरु छन् त्यसलाई समय सापेक्ष परिमाजित गरेर हुन्छ कि संशोधन गरेर हुन्छ संरक्षण गर्ने तथा प्रवद्र्धन गर्ने दायित्व स्थानीय सरकारको भएको बताउनुभयो ।
पूर्व मयेर शाक्यले नेवाःहरुले राजनीतिमा चासो नदिएका कारण नेवाः समुदायहरु सधैँ पछि परेको बताउनुभयो । नेवाःहरु जहिले जात्रा गर्दा, कुनै सांस्कृतिक कार्यक्रमहरु गर्दा हजारौंको सहभागिता रहेको हुन्छ तर राज्यसत्ता प्राप्त गर्ने कुरामा हाम्रो क्रियाशीलता न्यून हुने बताउनुभयो ।
उहाँले, “हामी बाँड्ने ठाउँमा पुग्नका लागि सधैँ पछि हटिराख्छौं जसका कारण हामी सधैँ अरुसँग मागेर बस्नु परेको अवस्था छ ।” उहाँले बताउनुभयो । यस्तो अवस्था सिर्जना हुन नदिन नेवाःहरु पनि संगठित र एकत्रित भएर राजनीतिमा लाग्नुपर्ने मेयर शाक्यले बताउनुभयो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले ज्यापूहरुको मौलिक बाजा धुँन्या, धिमे, प्वंगालाई ज्यापूहरुमा मात्र सीमित नराखी अन्य समुदायहरुलाई पनि चिनाउने, बुझाउने तथा देशविदेशमा यसको प्रचारप्रसार गरी पर्यटकहरुलाई आकर्षित गर्ने माध्यमको रुपमा विकास गराउन आगामी वर्षहरुमा योजना बनाएर अगाडि बढाउने बताउनुभयो ।
कार्यक्रममा नजिकिंदो पचली भैरवको जात्रालाई लक्षित गरी पचली भैरव लगायत नेपालमा पुजिने विभिन्न भैरवहरुको फोटो प्रदर्शनी पनि गरिएको थियो ।
