arin enterprises

नेपाल एसियाड क्रिकेटमा माल्दिभ्सलाई हराउँदै क्वाटरफाइनलमा

SamacharDesk | २०८० आश्विन १४, आइतबार

नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा आइतबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपालले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनायो । नेपालको लागि कप्तान रोहित कुमार पौडेलले ५२ रन जोड्दा कुशल मल्लले अविजित ४७ रन जोडे ।

यसैगरि गुल्शन झा र कुशल भुर्तेलले समान ३५ रनको योगदान दिए । जवाफमा २ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले १९ ओभर ४ बलमा अलआउट हुनुपूर्व ७४ रन मात्रै बनाउन सक्यो ।

उसका लागि अब्दुल घानीले सर्वाधिक ३६ रन जोडे । बलिङतर्फ नेपालका अबिनाश बोहोराले ६ विकेट लिए । बोहोराले खेलको छैटौं ओभर र अन्तिम ओभरमा समान तिन तिन विकेट लिएका थिए ।

टि–ट्वेन्टी अन्तराष्ट्रिय क्रिकेटको एकै खेलमा ६ विकेट लिने बोहोरा पहिलो नेपाली खेलाडी हुन् ।

जितसँगै नेपालले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । एसियन गेम्सको क्रिकेटतर्फ भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफ्गानिस्तानलाई सिधै क्वाटरफाइनलमा स्थान दिईएको छ ।

Categorized in स्पाेर्ट्स