बायर्नको पुनरागमन बराबरी
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन १४, आइतबार

जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले आरबी आइपेजिगलाई बराबरीमा रोकेको छ ।
शनिबार घरेलु टोलीसँग पहिलो हाफमा २–० ले पछि परेको अवस्थामा बायर्नले उत्कृष्ट पुनरागमन गर्दै अंक बाध्न सफल रह्यो ।
बायर्नको लागि दोस्रो हाफको सुरुआतमा बायर्नका ह्यारी केनले पेनाल्टी मार्फत गोल गर्दै लाइपेजिगसँगको अन्तरलाई घटाउने काम गरेका थिए ।
यसै सिजन बायर्न आएका केनको बुन्डेसलिगामा गोल संख्या ८ पुगेको छ । सबै प्रतियोगितामा केनले बायर्नका लागि ९ गोल गरिसकेका छन् ।
खेलको ७० औं मिनेटमा लिरो सानेले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याउन सफल रहे ।
त्यसअघि लोइस ओपेन्डाले गोल गर्दै घरेलु टोली लाइपेजिगलाई खेलको २० औं मिनेटमा सुरुआती अग्रता दिलाएका थिए ।
केन्टेलो ल्यूकेबाले त्यसको ६ मिनेटमा गोल गर्दै लाइपेजिगको अग्रतालाई दोब्बर बनाउने काम गरेका थिए ।
बराबरीको नतिजाले बायर्नलाई १४ अंक सहित तेस्रो स्थानमा रहेको छ ।
लाइपेजिग १३ अंक सहित पाँचौं स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स