arin enterprises

लुकाकुको गोलसँगै रोमा विजयी

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन १५, सोमबार

सिरि ए मा रोमाले जित निकालेको छ । आईतबार रोमाले फ्रोसिनोनमाथि २–० को जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा रोमालाई जिताउन रोमेलु लुकाकुले खेलको २१ औं मिनेटमा गोल गरे । पोब्लो ड्याबालाको पासमा लुकाकुले खेलेको लिगको ५ खेलमा ३ गोल गरेका छन् ।

उनै ड्याबालाको पासमा लोरेन्जो पेलेग्रिनीले ८३ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

यस सिजन रोमा लिगमा राम्रो नतिजा निकाल्न निकै संघर्ष गरिरहेको देखिन्छ ।

रोमा खेलमा ८ अंक सहित तालिकाको १२ औं स्थानमा छ । यस्तै फ्रोसिनोन समान खेलमा ९ अंक सहित दशौ स्थानमा छ ।

Categorized in स्पाेर्ट्स