arin enterprises

लेन्सले आर्सनललाई हरायो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन १७, बुधबार

च्याम्पियन्स लिग फुटबलमा इंग्लीस क्लब आर्सनललाई फ्रेन्स क्लब लेन्सले स्तब्ध बनाएको छ । 

मंगलबार भएको समूह बीको खेलमा लेन्सले पाहुना टोली आर्सनललाई २–१ ले हराएको हो ।

खेलमा अग्रता आर्सनलले लिएको थियो । आर्सनलको लागि ग्याब्रियल जिससकोले १४ औं मिनेटमा गोल गरेका थिए ।

एडरिन थोमसनले २५ औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काए । खेलको ६९ औं मिनेटमा एली वाहीले गोल गर्दै लेन्सलाई जित दिलाए ।

आर्सनलको फरवार्ड बुकायो साकाको ३३ औं मिनेटमा चोट बोक्दै मैदान बाहिरीएका थिए ।

मंगलबारको रात आर्सनलले सिजनको पहिलो हार ब्यहोरेको हो ।

सोही समूहको अर्को खेलमा सेभिल्ला र पीएसभी इन्दोभानले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे ।

समूहमा लेन्स ४ अंक सहित शीर्ष स्थानमा छ ।

आर्सनल ३ अंक सहित दोस्रो र सेभिल्ला र इन्दोभान क्रमश २ र १ अंक सहित तेस्रो र चौथों स्थानमा छन् ।

Categorized in स्पाेर्ट्स