arin enterprises

wno हाजिरी जवाफ प्रतियोगीताको दोश्रो चरणमा १६ समूह प्रवेश

SamacharDesk – बिराज | २०८० आश्विन १७, बुधबार

विश्व नेवाः हाजिरी जवाफ प्रतियोगीता ११४३ को १६ वटा समूह दोश्रो चरणमा प्रवेश गर्न सफल भएको छ । विश्व नेवाः संगठनले आयोजना गरेको प्रतियोगीतामा सहभागी २१ मध्ये १६ समूह दोश्रो चरणमा प्रवेश गर्न सफल भएको हो ।

गत १९ अगस्टबाट प्रविधिको माध्यमबाट विश्वव्यापी रुपमा संचालन भएको प्रतियोगीता विश्वभरीका १२ कक्षासम्म विद्यार्थीहरुको २१ वटा समूहले सहभागीता जनाएको थियो ।

दोश्रो चरणमा जगतसुन्दर ब्वनेकुथिको दुई वटा समूह, लिटिल बुद्धज एकेडमि, समृद्धि स्कूल, लर्ड बुद्ध स्कूल नगदेश थिमिको एक एक वटा समूह प्रवेश गरेको छ ।

त्यस्तै काठमाडौंको सात वटा र थेच्व, चपाचो थिमि, बोदे थिमि, ललितपुरबाट एक एक वटा समूह दोश्रो चरणमा प्रवेश गर्न सफल भएको छ ।

अब तेश्रो चरणबाट उत्कृष्ट समूह फाइनलमा प्रवेश गर्नेछ ।

फाइनलमा प्रथम हुने समूहले एक हजार अमेरिकी डलर, दोश्रोलाई ८ सय, तेश्रोलाई ६ सय र सान्त्वना पुरस्कार स्वरुप ४ सय अमेरिक डलर नगद पुरस्कार दिइने आयोजक संस्थाले जनाएको छ ।

Categorized in समाज