arin enterprises

म्यानचेस्टर सिटीको शानदार जित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन १८, बिहिबार

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ । बुधबार भएको समूह जीको खेलमा सिटीले आरबी आइपेजिगलाई ३–१ गोल अन्तरले हराएको हो ।

आइपेजिगको घरेलु मैदानमा भएको खेलको २५ औं मिनेटमा फिल फोडिनको गोलवाट सिटिले अग्रता लिएको थियो ।

लाइपेजिगका लागि लोइस ओपेडाले ४८ औं मिनेटमा खेल बराबरीमा ल्याए । खेल सकिन ६ मिनेट अघि जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई जिततर्फ उन्मुख बनाएका थिए ।

इन्जुरी समयमा अल्भारेजकै पासमा जेरेमी डोकुले गोल गर्दै सिटीलाई ३–१ को शानदार जित दिलाए ।

सोही समूहको अर्को खेलमा योङ्ग ब्वाईज र रेड स्टार बेलग्रेडले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

सिटी ६ अंक सहित समूहको शीर्ष स्थानमा र लाइपेजिग ३ अंक सहित दोस्रो स्थानमा छ ।

योङ्ग ब्वाइज र रेड स्टार समान एक अंक जोडेर क्रमश तेस्रो र चौथो स्थानमा छ ।

Categorized in स्पाेर्ट्स