इजरायलमा ज्यान गएका ५ जनाको शव हस्तान्तरण
SamacharDesk | २०८० आश्विन २९, सोमबार

इजरायल आक्रमणमा ज्यान गुमाएका १० नेपाली मध्ये पाँच जनाको शव इजरायल सरकारले इजरायलस्थित नेपाली दुताबासलाई हस्तान्तरण गरेको छ ।
दूतावासका अनुसार नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशीष चौधरीको शव प्राप्त भएको छ ।
प्राप्त शव नेपाल पठाउन आवश्यक समन्वय भइरहेको दूतावासले जनाएको छ । दूतावासले आक्रमणपछि सम्पर्कविहीन रहेका विपीन जोशीको अवस्था अझै अज्ञात रहेको जनाएको छ ।
उनको खोजी कार्य तीव्र पारिएको जानकारी दिइएको छ । दूतावासका अनुसार आक्रमणमा परी घाइते भएका चारजनामध्ये दुईजना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उनीहरूमध्ये एकजना नेपाल आइसकेका छन् । अर्का एकजना दूतावासको हेरचाहमा छन् ।
दुईजना अझै अस्पतालमा उपचाररत रहेको जनाइएको छ ।
Categorized in राष्ट्रिय