arin enterprises

इन्टरपोलबाट रेड नोटिस जारी फरार व्यक्ति कतारबाट पक्राउ

SamacharDesk – क्राइम ब्यूरो | २०८० माघ ११, बिहिबार

जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार व्यक्ति कतारमा पक्राउ परी आज नेपाल ल्याइएको छ ।

गत माघ २ गते रेड नोटिस जारी भएका सुनसरी बराहक्षेत्र नगरपालिका–११ मधुवनका २५ वर्षीय सेहमान खाँलाई कतारबाट पक्राउ गरी आज (विहिबार) नेपाल ल्याइएको हो ।

खाँलाई एनसिबि दोहाको समन्वयमा कतारमा पक्राउ गरी सम्बन्धित मुद्दामा कारवाहीको लागि नेपाल फिर्ता ल्याइएको हो ।

खाँ विरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा जबरजस्ती करणी गरेको भनी उजुरी परेको थियो । जबरजस्ती करणी मुद्दामा थालिएको अनुसन्धानको क्रममा खाँ वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको प्रहरीले बताएको छ । 

अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत माघ २ गते खाँ विरुद्ध रेड नोटिस जारी भएको थियो ।

Categorized in अपराध