arin enterprises

तामाङलाई ३ वर्ष कैद तथा एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश

SamacharDesk | २०८० माघ २२, सोमबार

सिभिल सहकारीका सञ्चालक एवं पूर्वसांसद इच्छाराज तामाङलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गरेको छ ।

अदालतले उनलाई ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश गरेको छ भने त्यति नै रकम जरिवाना पनि तोकेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो आदेश गरेको हो ।

इजलासले सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका तामाङ, उनकी पत्नी सिर्जना र मामा ससुरा केशवराज श्रेष्ठलाई आज सजाय तोकेको हो ।

अदालतले पत्नी सिर्जनालाई एक वर्ष ६ महिना कैद र एक अर्ब ३ करोड रुपैयाँ बिगो र त्यति नै जरिवाना तोकेको छ ।

यस्तै मामा ससुरा श्रेष्ठलाई डेढ वर्ष कैद, २५ करोड ६५ लाख बिगो र त्यति नै बराबरको जरिवाना तोकेको छ ।

आफ्नै समूहका विभिन्न कम्पनीहरुबाट बिना धितो कर्जा प्रवाह गरी नागरिकहरुको रकम हिनामिना गरेको अभियोग लागेको पूर्व सांसद तामाङसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

Categorized in अपराध