अमेरिकी राष्ट्रपति बाइडेनले चलाए टिकटक
SamacharDesk – बिशाल राजभण्डारी | २०८० फाल्गुण १, मंगलबार

अमेरिकि राष्ट्रपति जो बाइडेनले आधिकारिक रुपमा आफ्नो टिकटक एकाउन्ट सुरु गरेका छन् ।
नोभेम्बर २०२४ मा हुन गइरहेको राष्ट्राध्यक्षकोचुनावमा दोस्रो कार्यकाल पनि निर्वाचित हुने लक्ष्य लिइरहेका बाइडेनले टिकटकमा एकाउन्ट बनाएर चर्चा पनि कमाएका छन् भने आलोचना पनि खेपिरहेका छन् ।
नेपालमा सामाजिक सद्भावमा खलल पुर्याएको भन्दै टिकटक प्रतिवन्धित छ । साथै छिमेकि राष्ट्र भारतमा समेत राष्ट्रिय स्वाधिनता माथि नै प्रश्नचिह्न खडा भएको भन्दै टिकटक माथि बन्देज लगाइएको छ ।
यहि टिकटक अमेरिकामा पनि बन्द हुनुपर्ने आवाज उठिरहँदा स्वयं राष्ट्रपतिबाट नै टिकटक अकाउन्ट बनाएपछि बाइडेन आलोचित हुन पुगेका हुन ।
चुनावी अभियान युवावर्गसम्म पुर्याउने लक्ष्यसहित बाइडेनले टिकटक चलाउने निर्णय गरेको राष्ट्रपतिको चुनावी अभियान सचिवालयले जनाएको छ ।
चुनावी अभियानको क्रममा सचिवालयले ‘जहाँ मतदाता, त्यहिँ भेटघाट” अभियान पनि चलाएको जनाएको छ जसमा ‘मेटा’ को इन्सटाग्राम र पुर्व राष्ट्रपति तथा कट्टर प्रतिद्वन्दि डोनाल्ड ट्रम्पको ‘ट्रुथ सोसियल’ समेत सामेल हुनेछ ।
टिकटक प्रयोग सरकारि मोबाइलबाट नहुने तथा सुरक्षा सतर्कतामा कुनै कसर बाकि नराख्ने पनि सचिवालयको भनाइ छ ।
गत वर्ष बाइडेन सरकारले सम्पुर्ण सरकारी निकायलाई सरकारि मोबाइलजन्य उपकरणबाट टिकटक हटाउन आदेश दिएको थियो र अझैपनि टिकटकसँग सम्बन्धित रहेर सुचना–सुरक्षा अमेरिकी सदनमा विचाराधीन अवस्थामा रहेको छ ।
Categorized in अन्तर्राष्ट्रिय