arin enterprises

महासंघको संस्थापक अध्यक्ष श्रेष्ठ नै कायम गराउनुपर्नेमा जोड

SamacharDesk – राम डंगोल | २०८० फाल्गुण ६, आइतबार

नेवाः पत्रकार राष्ट्रिय दबूको शनिबार सम्पन्न १२औं साधारणसभामा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण श्रेष्ठ नै कायम गराउनुपर्नेमा जोड दिएको छ ।

कार्यक्रममा वक्ताहरुले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको चर्चा परिचर्चा गरेका थिए । कार्यक्रममा अधिकांश वक्ताहरुले महासंघको संस्थापक अध्यक्ष श्रेष्ठलाई नै कायम गराउनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले पत्रकारहरुको सहि इतिहास स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

कमाण्डर पोस्ट नामक राष्ट्रिय दैनिक पत्रिका प्रकाशन गरेको अनुभव भएका मन्त्री चित्रकारले व्यवसायिक पत्रकारितलाई जोड दिंदै सही र सन्तुलित समाचार प्रकाशन र प्रशारण गर्नुपर्नेमा बताउनुभयो ।

कार्यक्रममा फोनिज अध्यक्ष गजुरधन राईले सत्यनारायण बहादुर श्रेष्ठले २००८ सालमा पत्रकारहरुलाई संगठित गरेको तथ्यबाटै पुष्टि भइसकेको बताउनुभयो । नेपाल टुडेका सम्पादक श्रेष्ठले आप्mनै सभापतित्वमा नेपाल पत्रकार संघ गठन गरेको बताउनुभयो ।

उहाँले २०१२ सालमा पुनर्गठन भएको पत्रकाहरुको संगठनको संस्थापक सभापति पूर्व प्रधानमन्त्री एवं कांग्र्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको नाममा राजनीतिक गरेको आरोप लगाउनुभयो ।

नेपालभाषा मंका खलःको भवनमा सम्पन्न कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले पत्रकारहरुले जिम्मेवार पत्रकार बनी पत्रकारिता गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकार राष्ट्रिय दबूका सल्लाहकार राजु शाक्य, वरिष्ठ उपाध्यक्ष सुनील महर्जन, उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, अरविन्दमान सिंह, दण्ड गुरूङ, सिल्भिया राजोपाध्यायलगायतले आआप्mनो मन्तव्य राखेका थिए ।

कार्यक्रममा संचार क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु भएका ६ जना पत्रकार तथा नेपालभाषाको संस्कृति प्रवद्र्धन र समावेशीकरण मुद्दामा निरन्तर लाग्नु भएका ३ जना व्यक्तित्वहरुलाई सम्मान गरेको थियो ।

सम्मानित व्यक्तिहरुमा माउन्टेन टेलिभिजनकाा विश्वन्तर शाक्यलाई २० हजार नगदसहित ज्ञानज्योति लक्ष्मीप्रभा पुरस्कार, झंकार एफएम रामेछापया युवराज श्रेष्ठलाई १५ हजार नगदसहितज्ञानदेवी मणि पत्रकारिता पुरस्कार, मेट्रो एफएमका उदेन न्हूसायमिलाई बुद्ध धर्म सन्देश प्रचार प्रसार गरी योगदान पु¥याएबापत २० हजार नगदसहित भिक्षु कुरमा कश्यप स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै नेपाल मण्डलका सिल्भिया राजोपाध्याययलाई वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार, अनलाइन डबलीका बुद्धशरण शाहीलाई बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कार तथा व अनलाइन खबरका रेणु त्वानाबासुलाई श्रीराम स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको थियो ।

Categorized in समाज