राप्रपाले प्रधानमन्त्री दाहाललाई बुझायो ज्ञापनपत्र
SamacharDesk | २०८० फाल्गुण ९, बुधबार

राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थाबिरुद्धको आन्दोलनका कार्यक्रम शुरु गरेको छ ।
आज राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा भेला भइ काठमाडौंसहित देशभर व्यवस्थाबिरोधी आन्दोलन शुरु गरेको हो । राजसंस्था पुनः स्थापनाको लागि भन्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनको नेतृत्वमा जनप्रदर्शन अघि बढाइएको हो ।
भृकुटीमण्डपबाट ¥याली निस्केर नगर परिक्रमासहित भृकुटीमण्डपमै आमसभा भएको हो ।
राप्रपाले आजै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ४० बुँदे ज्ञापनपत्र बुझाएका छन् । राप्रपाको ४० बुँदे ज्ञापन पत्रमा देशको राजसंस्था र हिन्दू राष्ट्रको पुनस्थापना, संघीयता खारेजी, बलियो र अधिकार सम्पन्न स्थानीय तह, जनजिविकाको ग्यारेन्टी, राष्ट्रियताको सम्वर्धनलगायतका माग समेटिएको छ ।
राप्रपाले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पनि ¥यालीसहित ज्ञापनपत्र बुझाएको छ । राप्रपाको मागपत्रमा राजसंस्था पुनःस्थापन, प्रदेश खारेजी, हिन्दुराज्य पुनःस्थापना लगायतका राजनीति माग तथा जनजिविकाका विषयहरू समेटिएका छन् ।
आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने राप्रपाले बताउँदै आएको छ । राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको ४० बुँदे मागसहित ज्ञापन पत्रमा अभिभावकीय संस्थाको रुपमा राजसंस्था, सर्वधर्मसमभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र रहेका छन् ।
साथै धर्मान्तरणलाई निषेध गर्नुपर्ने, जनप्रतिनिधिको संख्यामा कटौति गर्नुपर्ने, प्रदेश तह खारेज गर्नुपर्ने र बैंकको ब्याज एकल अंकमा झार्नुपर्ने सुझाव रहेका छन् ।
Categorized in राष्ट्रिय