चर्काे दबाबपछि परिवारले नामाल्नीको शव बुझ्यो
SamacharDesk | २०८० फाल्गुण १३, आइतबार

सरकारको चर्काे दबाबमा रुसका बिपक्षी नेता एलेक्सी नाभाल्नीको शव अन्ततः उनका परिवारजनले बुझेका छन् ।
नाभाल्नीको मृत्यु घोषणा भएको दिनदेखि नाभाल्नीको शव राखिएको जेल नजिकको शहरमा बस्दै आएकी नाभाल्नीको आमालाई शव हस्तान्तरण गरेको हो ।
शव हस्तान्तरण अघि रुस सरकारले नाभाल्नीको आमा ल्युडमिलालाई मृत्यु प्राकृतिक कारणले भएको भन्दै मृत्यु प्रमाणपत्रमा हस्ताक्षर गर्न दबाब दिएको बुझिएको छ ।
हस्ताक्षर नगरेको खण्डमा जेलकोे मैदानमा शव गाड्ने धम्की आएपछि नाभाल्नीका आमा प्राकृतिक रुपमा मृत्यु भएको पत्रमा हस्ताक्षर गर्न बाध्य भएको बताइएको छ ।
यसअघि नाभाल्नीका पत्नी युयिला नवल्नायाले राष्ट्रपति भ्लादिमीर पुटिनलाई संकेत गदै आफनो पतीको शवलाई समेत बन्धक बनाएको आरोप सहितको भिडियो सन्देश जारी गरेको थियो ।
जसमा उनले आफना श्रीमानको शव नदिएको उल्लेख गर्दै जिउँदै यातना दिंदा दिंदा नथाकेको राष्ट्रपति पुटिनले मृत्युपछी पनि उनको शवलाई यातना दिएको उल्लेख गरेपछी रुस सरकारको चौतर्फी बिरोध भएको थियो ।
नाभाल्नीको अन्तेष्टी कता र कहिले गर्ने भन्ने बारे उनका परिवारले स्पष्ट पारेको छैन । रुसी राष्ट्रपतिका कट्टर आलोचकका रुपमा रहेका नाभाल्नीको गत १६ फेब्रअरीमा रुसको आर्कटिक सर्कल भित्रको रुसी जेलमा मृत्यु भएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय