हातहतियारसहित स्याङजावाट दुई जना पक्राउ
SamacharDesk – क्राइम ब्यूरो | २०८० फाल्गुण ३०, बुधबार

स्याङजावाट विभिन्न हातहतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराति वालिङ नगरपलिका–१० पाठेखोलाबाट दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।
पक्राउ पर्नेहरू सोही ठाउँ बस्ने ५३ वर्षीय बरुण गैरे र सोही नगरपालिका–९ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
उनीहरुलाई एकनाले भरूवा बन्दुक १ थान, सोही बन्दुकको गोली ९ राउण्ड (३ राउण्ड लाइभ राउण्ड, १ राउण्ड छर्रा भरेको, ५ राउण्ड खाली), छर्रा, बारुद १ वट्टा र हसिया १ थानसहित फेला पारी पक्राउ गरेको हो ।
तिनीहरुलाई वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले प्रक्राउ गरेको हो ।
यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध