arin enterprises

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

SamacharDesk – क्राइम ब्यूराे रिपोर्टर | २०८० चैत्र १, बिहिबार

लागूऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार एक व्यक्तिलाई कुवेतबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।

ईलाम नगरपालिका–१२ का २९ वर्षीय रोशन राईलाई एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ गरी बिहिबार नेपाल ल्याइएको हो ।

गत साउन २६ गते हेरोइन ३७ ग्राम ५ सय मिलिग्रामसहित तीन जना काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको थियो ।

ईलाम नगरपालिका–९ का २५ वर्षीय बिकास बसेलसहित पक्राउ परेका तीन जनासँग सोधपुछको क्रममा उक्त लागूऔषधको कारोबारमा रोशन राई समेतको संलग्नता रहेको खुल्न आएको प्रहरीले बताएको छ ।

त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत पुस २५ गते राई विरुद्ध रेड नोटिस जारी भएको थियो ।

राईलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

Categorized in अपराध