पेट्रोलको भाउ बढ्यो
SamacharDesk | २०८० चैत्र १९, सोमबार

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैंयाले बढाएको छ ।
सोमबारदेखि वृद्धि हुने मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य चार रुपैयाँले वृद्धि भई एक सय ७५ पुगेको छ ।
भारतबाट मुल्य बढेर आएकोले गएरातिदेखि लागु हुनेगरि निगमले पेट्रोलको मुल्य बढाएको हो ।
योसँगै काठमाडौं उपत्यका, पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा १७४ तथा झापा, विराटनगर, जनकपुर, अमलेखगञ्ज, बुटवल, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ ५० पैसा पर्नेछ ।
निगमले नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर चार रुपियाँ ७६ पैसा र डिजेल र मट्टितेलमा ३९ पैसा घटेको निगमले जनाएको छ ।
त्यस्तै खाना पकाउने एलपी ग्याँसमा पनि प्रतिसिलिण्डर २७ रुपैयाँ ४४ पैसा मूल्य घटेर आएको छ । ग्याँसमा मूल्य घटे पनि अभैm निगमलाई २९६ रुपैयाँ १५ पैसा घाटा रहेको भन्दै मूल्य हेरफेर नभएको जनाएको छ ।
Categorized in राष्ट्रिय