त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा अवतरणमा रोक
SamacharDesk | २०८० चैत्र १९, सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको उत्तरतर्फको विन्दु (टु–जिरो)बाट जहाज अवतरण गर्न सोमबारदेखि रोक लगाइएको छ ।
सो क्षेत्रमा ट्याक्सी–वे जस्ता पूर्वाधारहरुको निर्माण कार्य गर्नुपरेकोले तीन महिनाको लागि अवतरण बन्द गरिएको निगमले जनाएको छ ।
तर उडान भने नियमित हुने निगमले जनाएको छ । अवतरणको लागि दक्षिणतर्पmबाट मात्र गर्ने भएकोले दक्षिण रनवेमा केही चाप बढ्ने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी बताउनुहुन्छ ।
उहाँले उत्तरतर्पmको विन्दुको बौद्धतर्पm टु जिरो रनवेको मर्मत गर्नुपर्ने साथै ट्याक्सीहरुको लागि बाटो बनाउनुपर्ने भएकोले तीन महिनाको लागि बन्द गर्नुपर्ने बताउनुभयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले एडिबीको सहयोगमा विमानस्थलको पूर्वाधार सुधारका लागि गुरुयोजना तयार गरेर विभिन्न काम गर्दै आएको छ ।
एडिबीले सन् २००९ देखि नै गुरुयोजना अनुरूप विमानस्थलको क्षमता अभिवृद्धिको लागि सहयोग गर्दै आएको छ ।
Categorized in राष्ट्रिय