अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोह पक्राउ
SamacharDesk | २०८१ बैशाख २८, शुक्रबार

अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभनमा पारेर करोडौं ठगी गर्ने गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।
उनीहरुले अमेरिका तथा क्यानडा पठाई दिने प्रलोभनमा देखाई ५ करोड ५० लाख रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ । पक्राउ पर्नेमा वर्ष ४७ का सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका २ का टासी शेर्पा, जिल्ला सिन्धुपाल्चोककै वर्ष ४२ का साविक कर्थली गा.वि.स. १ का ङिमबुटी शेर्पा र जिल्ला सिन्धुपाल्चोककै जुगल गाउँपालिका १ की वर्ष १९ वर्षीया निमा शेर्पा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
शुक्रवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी उक्त गिरोहलाई सार्वजनिक गरेको हो । ब्यूरोका अनुसार सम्पर्कमा आएका १० जनाबाट उक्त गिरोहले ५ करोड ५० लाख रुपैयाँ रकम ठगी गरेको पाइएको छ ।
यो गिरोहले करिव १५ जना नेपालीहरुलाई अमेरिका पठाउन केन्या लगायतका विभिन्न देशहरुमा अहिले पनि बन्धक बनाई राखिरहेको र निजहरुबाट करिव ७ करोड ५० लाख रकम लिएको खुल्न आएको बताउनु भयो ।
यसैगरी प्रहरीले अवैध हुण्डी कारोबार गर्ने दुई जनालाई पनि पक्राउ गरेको छ । उनीहरुको साथबाट स्रोत नखुलेको ९८ लाख रुकम बरामद गरेको छ ।
प्रहरीले काठमाडौं महानगरपालिका ५ मालिगाउँ क्षेत्रमा मिलन बि.क.समेतका केही व्यक्तिहरुलाई पनि हुण्डी कारोबार गरिरहेको सूचनाका आधारमा पक्राउ गरिएको जनाएको छ ।
पक्राउ पर्नेमा वर्ष २८ का समिर सुनार र वर्ष २९ का मिलन बि.क. रहेको छ । उनीहरु दुवैजना रुपन्देही सियारी गाउँपालिका ७ निवासी रहेको जनाइएको छ ।
उनीहरुको साथबाट ९८ लाख श्रोत नखुलेको रकमसहित बा.१३ च. ४८५८ नम्बरको सवारी साधन बरामद गरिएको छ ।
Categorized in अपराध