कलाकार संघको अमेरिका च्याप्टरलाई आधिकारिकता प्रदान
SamacharDesk – बिजयरत्न | २०८१ आषाढ २४, आइतबार

नेपालको चलचित्रसंग सम्बन्धित पहिलो वर्गीय संगठनको रुपमा रहेको नेपाल चलचित्र कलाकार संघको अमेरिका च्याप्टरलाई आधिकारिकता प्रदान गरिएको छ ।
केही समय अगाडी अमेरिकामा गठन गरिएको च्याप्टरलाई गत असार २० गतेका दिन आधिकारिकता प्रदान गरिएको हो ।
संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रविन्द्र खड्काका साथै पदाधिकारीहरु र सदस्यहरुको उपस्थितिमा सो अमेरिका च्याप्टरलाई आधिकारिकता प्रदान गरिएको हो ।
अमेरिका च्याप्टरका अध्यक्षमा दिनेश कार्की रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा गणेश उप्रेती, महासचिव सुवास वि. थापा, सचिव दिपक त्रिपाठी र कोषाध्यक्षमा मदन थापा छन् ।
कार्य समिति सदस्यहरुमा किशोर सुब्बा, गोपाल अधिकारी, मोहन मिश्र, सुन्दर श्रेष्ठ, सूर्य शिम्खडा, दिनेश थापा, गिता शाही, राजेश ढुंगाना, रामकृष्ण महर्जन र प्रवेश उप्रेती छन् ।
Categorized in पेजथ्री