अमेरिकी पुर्व राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार
SamacharDesk | २०८१ आषाढ ३१, आइतबार

अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ ।
अमेरिकाको पेन्सिलभेनिमा आयोजना गरेको चुनाबी ¥यालीलाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो ।
गोली उनको कानमा लाग्दा ट्रम्प घाइते भएका छन् । ट्रम्पको चुनावी र्यालीमा सयौं सहभागी हुँदा एकजना बन्दुकधारीले ट्रम्पलाई लक्षित गरी गोली प्रहार गरेको हो ।
गोली प्रहारबाट सोही क्रममा र्यालीमा सहभागी एक सर्वसाधारणको मृत्यु भएको छ । गोली प्रहार गर्ने बन्दुकधारी भने प्रहरीको जवाफी कारबाहीमा मारिएका छन् ।
गोलीकाण्डबारे अनुसन्धान भइरहेको छ । घटना लगत्तै चुनावी र्याली स्थगित गरिएको छ ।
यसैबीच ट्रम्पले आफैँले खोलेको सामाजिक सञ्जाल ट्रूथमा एउटा सन्देश लेख्दै आफू सकुशल रहेको र स्थानीय स्वास्थ्य संस्थाले आफ्नो उपचार गरिरहेको जनाएका छन्।
उनले प्रवर्तनलाई धन्यवाद दिनुको साथै मारिएका वा घाइते भएका सहभागीहरूका लागि शोक र समवेदना व्यक्त गरेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय