बंगलादेशमा आरक्षण विरुद्धको प्रदर्शन हिंसात्मक बन्दै
SamacharDesk | २०८१ श्रावण ४, शुक्रबार

बंगलादेशमा आरक्षण विरुद्धको प्रदर्शन झनझन हिंसात्मक बन्दै गएको छ ।
विद्यार्थी र प्रहरीबीचको झडप हिंसात्मक बन्दै गएपछि अहिलेसम्म ३२ जनाको मृत्यु भइसकेको जनाइएको छ । आन्दोलन हिंसात्मक बन्दै गएपछि सरकारले सुरक्षा सतर्ककताहरु थप कडा बनाउँदै लगिएको छ ।
राजधानी ढाकामा इन्टरनेट लगभग पूर्ण रूपमा बन्द गरिएको छ भने टेलिफोन लाइनहरू पनि बन्द छन्।
हजारौँ प्रदर्शनकारीहरूले बिहीवार साँझ सरकारी टेलिभिजन बीटीभीको कार्यालयमा प्रवेश गरेर आक्रमण गरेका थिए। कार्यालय परिसरमा रहेका गाडीहरुसमेत जलाईएका छन् ।
टेलिभिजन कार्यालयलमा आगलागीपछि पत्रकार तथा कर्मचारीहरु कार्यालय छोडेर भागेका थिए । बंगलादेशमा आरक्षण विरोधी विद्यार्थी आन्दोलनका क्रममा हिजैमात्र ढाका टाइम्सका ३२ वर्षिय पत्रकार मेहदी हसन मारिएका थिए ।
विद्यालय र युनिभर्सिटीहरु पूर्णरुपमा अनिश्चितकालीन बन्द गरिएको छ । सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रतापछि ५६ प्रतिशत सरकारी रोजगारीमा आरक्षणको व्यवस्था रहेको छ । ३० प्रतिशत रोजगारी आरक्षणमै जाने गरेका छन् ।
बंङ्ग्लादेशमा केही सरकारी पदहरू महिला, जातीय अल्पसङ्ख्यक र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिका लागि पनि आरक्षित गर्ने व्यवस्था छ।
त्यहाँ एकतिहाइ पदहरू युद्धको समयका नायकहरू भनी वर्गीकृत गरिएका मानिसका सन्तानका लागि छुट्ट्याइने गरेको छ।
योग्यताका आधारमा सरकारी रोजगारीमा भर्ना लिने प्रक्रिया लागु गर्नुपर्ने भन्दै विद्यार्थीले यो अहिलेको व्यवस्था भेदभावपूर्ण रहेको बताइरहेका छन्।
यो प्रणालीले प्रधानमन्त्री शेख हसिनाका समर्थक र उनको दल अवामी लिगका कार्यकर्तालाई मात्रै फाइदा पुगेको आन्दोलनकारीहरुको आरोप छ ।
Categorized in अन्तर्राष्ट्रिय