arin enterprises

संक्रमित संख्या ४ हजार नजिक पुग्दा निको हुनेहरु ५ सय नजिक

SamacharDesk – विकाश | २०७७ जेठ २६, सोमबार

नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ४ सय ८८ पुगेको छ ।

अहिलेसम्म ४ सय १९ पुरुष संक्रमण मुक्त भइसके भने ६९ जना महिलाले कोरोना संक्रमणलाई जितेर अस्पतालबाट घर फर्केका छन् ।

पछिल्लो पटक विभिन्न अस्पतालबाट थप २१ जना संक्रमण निको भएर डिस्चार्ज भएका छन् ।

संक्रमण निको हुनेमा एक जना महिला छिन् भने २० जना पुरुषहरु रहेका छन् ।

आज खजुरा अस्पताल, बाँकेबाट २० जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरु सबै नरैनापुरका १३ देखि ५२ वर्ष उमेर समूहका पुरुषहरु रहेका छन् ।

उनीहरु १५ देखि २० दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

त्यस्तै, कोभिड १९ युनिफाइड कमान्ड अस्पताल, बलम्बुबाट २३ वर्षीय एक जना महिला डिस्जार्च भएकि छन् । उनी पाँच दिनको अस्पताल बसाईँपछि डिस्चार्ज भएकि हुन् ।

नेपालमा ३ हजार ७ सय ६२ जना संक्रमित हुँदा १४ जनाको भने मृत्यु भइसकेको छ ।

Categorized in समाज