arin enterprises

थप ९६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज

SamacharDesk – विकाश | २०७७ जेठ २७, मंगलबार

थप ९६ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्तालबाट डिस्चार्ज भई घर फर्केका छन् ।

पछिल्लो पटक ८ जना महिला र ८८ जना पुरुष संक्रमण निको भई घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

कोभिड १९ अस्पताल जनकपुरबाट ३० जना निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा धनुषा जिल्लाका ६ जना महिला र २४ जना पुरुषहरु रहेका छन् ।

कोभिड १९ युनिफाईड कमान्ड अस्पताल, बलम्बुबाट काठमाडौंकी एक जना महिला पनि संक्रमणमुक्त भएर घर फर्केकी छन् ।

कोहलपुर आइसोलेसन सेन्टर बाँकेबाट २२ जना पुरुषहरु डिस्चार्ज भए । 

बाँकेकै राप्ती सोनार आइसोलेसन सेन्टरबाट ७ जना पुरुष पनि संक्रमण मुक्त भएका छन् ।

विपि, कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका २८ जना पुरुषहरु संक्रमण निको भइ घर फर्केका छन् ।

कोरोना विशेष अस्पताल, दाङमा उपचाररत बर्दियाका ४ जना पुरुषले पनि कोरोनालाई परास्त गर्दै अस्पतालबाट डिस्चार्ज भए ।

त्यसैगरी जिल्ला अस्पताल दैलेखबाट दैलखकी एक जना महिला निको भएकि छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ५ सय ८४ पुगेको छ । तीमध्ये पुरुष ५ सय ७ जना रहेका छन् भने महिला ७७ जना छन् ।

पछिल्लो समयमा संक्रमितको संख्यासँगै निको हुनेको संख्यामा पनि वृद्धि हुँदै गएको छ ।

Categorized in समाज