arin enterprises

काठमाडौं महानगरपालिकामा ४६ हजार बढि किशोरीलाई HPV खोप दिने लक्ष्य

SamacharDesk – बिराज | २०८१ माघ २२, मंगलबार

काठमाडौं महानगरपालिका भित्र पनि आजबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको HPV खोप अभियान सुरु भएको छ ।

महानगरपालिका भित्रका ३२ वटामध्ये १८ वटा वडाहरुमा आजबाट खोप अभियान सुरु गरिएको हो ।

कामपा भित्र वडा नं. १, २, ५, ८, ११, १२, १७ देखि २५, २७, २८ र ३० मा आजदेखि खोप सुरु भएको छ । वडा नं. ३, ४, ६, ७, ९, १०, १३ देखि १६, २६, २९, ३१ र ३२ मा माघ २५ गतेदेखि खोप कार्यक्रम सञ्चालन हुने बताइएको छ ।

यस अभियान अन्तर्गत काठमाडौँ महानगरपालिका भित्र ४६ हजार ९८५ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिने लक्ष्य राखिएको छ ।

सामुदायिक विद्यालय, संस्थागत विद्यालयमा अध्ययरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई यो खोप दिइनेछ ।

काठमाडौं महानगरपालिका भित्र सामुदायिक र संस्थागत गरेर ४९९ वटा विद्यालयका खोप केन्द्र सञ्चालन भएको छ । यसमा ७९ वटा सामुदायिक र ४२० वटा संस्थागत विद्यालय छन् ।

विद्यालयमा खोप लिन छुटेका र विद्यालयभन्दा बाहिरका किशोरीहरुका लागि कार्यक्रमको अन्तिम दिन स्वास्थ्य प्रवर्ध्दन केन्द्रबाट खोप दिइने कामपाले जनाएको छ ।

Categorized in स्थानीय