भक्तपुरमा पानीले बगाएर ट्रक चालक वेपत्ता
SamacharDesk – रामगोपाल तमखु | २०७७ जेठ २८, बुधबार

भक्तपुरमा आज परेको मुसलधरे वर्षाका कारण चुनदेवीमा बाटोमा बगेको पानीले एलपी ट्रकका चालक बगाएर बेपत्ता भएको छ ।
भक्तपुरमा आज दिउसो करिव आधा घण्टा परेको मुसलधारे बर्षाले सो स्थानमा बाटो पुरै जलमग्न भएको थियो ।
बेपत्ता ना ६ ख १६१६ नंम्वरको एलपी ट्रकका चालक सिन्धुली रानीचुरी घर भै हाल मकवानपुर हेटौडा लामसुरे बस्ने बर्ष ५७ को नर बहादुर रावत भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत दिपक गिरीले बताए ।
बेपत्ता चालकको खोजी कार्य जारी रहेको पनि सूचना अधिकृत गिरीले बताए ।
अरनिको राजमार्ग अन्तर्गत ६ लेन सडक पाण्डुबजार चोक र सल्लाघारी चोकको बिचमा पर्ने चुनदेवी बसस्टपमा बाटोको ढलमा बगेको पानीले ना ६ ख १६१६ नम्वरको एलपी ट्रकका चालकलाई बगाएको हो ।
सो स्थानको सर्भिस ट्र्याकको बाटो पुरै जलमग्न भएको ठाउँमा सल्लाघारीबाट सुर्यबिनायक तिर आउँदै गरेको एल पी ट्रकका चालक गाडीबाट झरेर बाटोमा पानीको गहिराई नाप्दै जाँदा पानीले पाईप भित्र बगाएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
Categorized in समाज