न्यू जेनिथमा अभिभावकहरुबीच नृत्य प्रतियोगीता हुने
SamacharDesk – बिराज | २०८२ श्रावण १५, बिहिबार

सम्पूर्ण नेपाली हिन्दु महिलाहरुको महान पर्व तीजको अवसरमा न्यू जेनिथ ईङ्गलिस मोडल स्कूलले तीज नृत्य प्रतियोगीता गर्ने भएको छ ।
ताम्सीपाखा विष्णुमति लिंकरोडस्थित स्कूलले महिला अभिभावकहरुबीच एकल तीज नृत्य प्रतियोगीता गर्न लागेको हो ।
आउँदो श्रावण ३१ गते शनिवारका दिन हुने प्रतियोगीताका लागि इच्छुक महिला अभिभावकहरुले श्रावण २० गते भित्र आफ्नो नाम दर्ता गराउन स्कूलले आह्वान गरेको छ ।
संस्कृतिको संरक्षण र प्रवद्र्धन साथै पुस्तान्तरणको उद्देश्यले प्रतियोगीता गर्न लागेको स्कूलका प्रिन्सिपल राजु महर्जनले बताए ।
‘अभिभावकहरुले सहभागीता जनाउँदा विद्यार्थीहरुमा पनि चासो बढ्छ । यसबाट संस्कृतिको पुस्तान्तरण हुन्छ नै, साथमा पुस्तान्तरणको साथमा संरक्षणमा टेवा पुग्छ’ प्रिन्सिपल महर्जनले भने ।
प्रतियोगीतामा १२ जनाको मात्र सहभागीता रहने र १२ जना सहभागीको नाम दर्ता हुने वित्तिकै दर्ता बन्द हुने स्कूलले जनाएको छ ।
लोकभाकामा आधारित र त्यसमा पनि सकेसम्म तीज सम्वन्धि गीतमा आधारित एकल नृत्य मात्र प्रतियोगीतामा समावेश हुने बताइएको छ ।
Categorized in संस्कृति