arin enterprises

लमपा २९ बाट २९ जनालाई ब्यक्तिगत क्षमता अभिबृद्धि प्रशिक्षण

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ माघ ७, बुधबार

ललितपुर महानगरपालिका २९ वडाको आयोजनामा उद्घोषण तथा ब्यक्तिगत क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।

पाठशाला प्रशिक्षण केन्द्रको संयोजनमा वडाले आफ्नो वडाका विभिन्न महिला समूहका पदाधिकारी तथा सदस्यहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले आयोजना गरेको तालिम सम्पन्न भएको हो ।

तालिमको समापन समारोहमा वडाकी महिला सदस्य मनमाया महर्जनले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिन् । सो अवसरमा महिला सदस्य महर्जनले सबैको क्षमता अभिबृद्धि भएको प्रत्यक्ष देख्न पाउँदा आफूलाई निकै खुसी लागेको बताइन् ।

तालिमका प्रशिक्षक सुरजवीर बज्राचार्यले अब समूह र समुदायमा गएर कार्यक्रमको आयोजना, सञ्चालन एवं प्रभावकारी ब्यवस्थापनमा सहजता आउने आशा व्यक्त गरे ।

समापन समारोहमा तालिमको ब्यवस्थापनमा सहयोग गर्ने केन्द्रका पुकार पुतुवार र युनिश महर्जनलाई पनि सम्मान गरिएको थियो ।

Categorized in स्थानीय