arin enterprises

सांसद श्रेष्ठबाट विभिन्न निर्माणका कार्यको निरिक्षण

SamacharDesk – विकाश | २०७७ जेठ ३१, शनिबार

प्रतिनिधि सभा सदस्य माननीय जीवन राम श्रेष्ठले काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत कामपा वडा १५मा निर्माण भइरहेका विभिन्न भौतिक संरचनाहरुको निरिक्षण गर्नुभएको छ । 

संघीय सांसद् श्रेष्ठले निर्माण कार्य प्रारम्भ भएको जगतसुन्दर ब्वनेकुगि अगाडिबाट झोलुङ्गेपुल जाने मुख्य सडकमा आकाशे पुल, चमती त्त ब्लक व अर्को पार्कमा निर्माण भईरहेको परम्परागत शैलीको जेष्ठ दिवा बिश्राम भबन, श्रीकृष्ण कुन्जको भवनमा तल्ला थप, बिजयश्वरीस्थित चःमति पार्क निर्माणको निर्माण कार्यको निरिक्षण गर्नुभएको हो ।

त्यस्तै श्रेष्ठले कामपा वडा १९ मा इनायत्वा क्लब भवनको निर्माण कार्यको पनि निरिक्षण गर्नुभयो ।

सो अवसरमा सांसद श्रेष्ठले स्थानीय जनताको सक्रियतामा भईरहेको कार्यको प्रशंसा गर्नुभयो  ।

गुणस्तरमा कुनै सम्झौता गर्न नहुनेमा जोड दिँदै निर्माण कार्यमा संलग्न सबै जनसमुदाय र निर्माण कम्पनी समेतलाई धन्यवाद दिँदै श्रेष्ठले आर्थिक वर्ष २०७७÷७८ को बजेटबाट यो बर्षको अपुर्ण योजनालाई पुरा गर्ने र नयाँ योजना जनताको माग अनुसार छनौट गर्ने बताउनुभयो ।

Categorized in समाज