वागमती प्रदेशमा मेघगर्जनसहित मध्यम वर्षा हुने
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ जेठ ८, शुक्रबार
आज बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले आज जारी गरेको सूचना अनुसार हाल कोशी प्रदेशमा साधारणतया बादल लागेको छ भने कोशीका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा भने मौसम मूख्यतया सफा रहने छ ।
हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको विभागले जनाएको छ ।
Categorized in राष्ट्रिय




