आज बागमती लगायत हिमाली र पहाडी भू–भागमा बादल लाग्ने
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ जेठ १२, मंगलबार
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।
साथै मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा पनि मेघगर्जनसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ ।
मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।
त्यसैगरी आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।
कोशी र मधेश प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ ।
लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भाग तथा सुदुरपश्चिम प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू साथै नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ ।
Categorized in राष्ट्रिय




