arin enterprises

राजबहादुर सानेको लज्जावति श्रावणमा आउने

SamacharDesk – विजयरत्न | २०८३ जेठ १९, मंगलबार

राजबहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्म ‘लज्जावती’को इन्डक्ल्याप गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ ।

गतसाता धर्मस्थलीस्थित एक घरमा सुटिङ गर्दै ४५ दिनमा सिनेमाको इन्डक्ल्याप गरिएको हो । यो सिनेमा सम्पुर्ण छायांकन सकिएसँगै आगामी साउन २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको छ ।

यो मितिमा अहिलेसम्म कुनै पनि नेपाली सिनेमाले आधिकारीक रुपमा आफ्नो प्रदर्शन मिति घोषणा गरेको छैन । त्यसैले हालसम्म यो मितिमा सोलो रिलिजको अवसर मिल्ने बुझाई निर्माण टिमको छ ।

आहा फिल्मस्को व्यानरमा निर्माण भएको यो फिल्ममा धिरेन शाक्य, मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्मा, केशव रिजाल, प्रिया रिजाल, हिउवाला गौतम, रामहरी खड्का, बिनोद श्रेष्ठ, लगायतका कलाकारको अभिनय रहेको छ ।

निर्देशक सानेको यस भन्दा पहिले सिटामोल, वीरांगना, डोलि जस्ता चलचित्रहरु प्रदर्शन भइसकेका छन् ।

Categorized in पेजथ्री