arin enterprises

गुल्मीमा थप एक कोरोना संक्रमितको मृत्यु

SamacharDesk – बिकाश | २०७७ जेठ ३२, आइतबार

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसिथोकका ३६ वर्षीय पुरुषको हिजो राती मृत्यु भएको हो ।

रेसुङ्गा नगरपालिका–९ स्थित उपल्लो तमघासको आइसोलेसनमा उपचाररत पुरुषको हिजो राती उपचारको क्रममा आइसोलेसनमै मृत्यु भएको हो ।

उपचारको क्रममा उनमा पटक पटक स्वास्थ्य समस्या देखिएको चिकित्सकहरुले जनाएका छन् ।

यसअघि स्वास्थ्य स्थिती गम्भीर हुँदै जाँदा उनको उपचारमा संलग्न चिकित्सकले नै उनलाई रगत दिएकि थिइन् ।

मृतक पुरुष भारतबाट फर्केर आएका थिए ।

भारतबाट फर्केर धुर्कोटका क्वारेन्टाइनमा बस्दै गर्दा जेठ १२ गते प्रदेश प्रयोगशालामा रुपन्देहीमा गरिएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतक क्यान्सर रोगबाट समेत पिडित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

उनको शवलाई राती नै व्यवस्थापन गरिएको छ ।

गुल्मीमा कोरोना संक्रमणका कारण दुई जना मृत्यु भइसकेको छ । यसअघि मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

देशैभरी कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या भने १९ पुगेको छ ।

Categorized in समाज