बलामी गुठीको भिंतुना कार्यक्रम सम्पन्न
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ कार्तिक २६, बुधबार
नेपाल संवत् ११४७ न्हूदँ (नयाँ वर्ष) को अवसरमा बलामी गुठी समाजको आयोजना भिंतुना मोटरसाइकल र्याली कार्यक्रम सम्पन्न भएको छ ।
नागार्जुन नगरपालिका वडा नं. ६ स्थित श्री टौखेल हाईटबाट सुरु भएको र्याली विभिन्न स्थानको परिक्रमा गरेको थियो ।
टौखेल हाइटबाट सितापाइला चोक हुँदै र्याली हरसिद्धि मन्दिर प्राङ्गणमा नेवाः देय् दबू जामाच्व नगर समितिद्वारा आयोजित शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रममा सहभागी हुन पुगेको थियो ।
कार्यक्रमको उद्घाटन कुनै ठुला नेताहरुबाट नभई गुठीकै थकाली वीर बहादुर बलामीबाट भएको थियो ।
गुठीका अध्यक्ष भाईकाजी बलामीले गुठी र गुठी अन्तरगत धिमे बाजाँ खलःले विगत ३ वर्ष देखि नेपालको मौलिक एवं राष्ट्रिय संवत् संरक्षण एवं प्रर्वद्धन संस्कृति पुस्तान्तरणमा युवा सहभागिता बढाउन भिंतुना र्याली संचालन गर्दै आएको बताए ।
मोटरसाइलक र्यालीमा करिब २०० जनाको सहभागीता रहेको थियो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य उद्धव थापा, केशव पोखरेल, ना.न.पा. ५ अध्यक्ष महेश रिमाल,, वडा ६ का अध्यक्ष देवेन्द्र राज गिरी, रास्वपा नागार्जुन सभापति राजन कोइराला, नेपाली कांग्रेस नगर सभापति राजेन्द्र बुढाथोकीलगायतको सहभागीता थियो ।
Categorized in समाज





