निको हुनेको संख्या ३ हजार नाघ्यो
SamacharDesk – विकाश | २०७७ आषाढ १४, आइतबार

नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या आज ३ हजार नाघेको छ ।
पछिल्लो २४ घन्टामा थप एक सय ७९ जना संक्रमितहरु संक्रमणमुक्त भएसँगै कोरोना संक्रमण निको हुनेको संख्या ३ हजार १३ पुगेको छ ।
पछिल्लो पटक नेपालका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट थप १३ जना महिला र एक सय ७९ पुरुषहरु निको भई डिस्चार्ज भएका हुन् ।
हालसम्म दुई सय ५५ जना महिला र २ हजार ७ सय ५८ पुरुष गरी ३ हजार १३ जनाले कोरोना भाईरसलाई हराउन सफल भएका छन् ।
पछिल्लो पटक संक्रमण निको भएर डिस्चार्ज हुनेमा विर्ता पुलिस एकेडेमि आइसोलेसन रौतहटबाट ४६ पुरुष रहेका छन् ।
त्यसैगरी कोभिड १९ अस्पताल सपही धनुषाबाट ११ पुरुष र नारायणी अस्पताल पर्सा वीरगंजबाट ५ महिला र २३ पुरुष गरी २८ जना पनि निको भई घर फर्केका छन् ।
जलेश्वर अस्पताल महोत्तरीबाट ३ पुरुषको साथमा साइकृष्ण आइसोलेसन सप्तरीबाट १ महिला र १५ पुरुष पनि निको भई डिस्चार्ज भए ।
साथै कोरोना विशेष अस्पताल दाङबाट ६ महिला र ३३ पुरुष, सिराहा अस्पताल सिराहाबाट ६ पुरुषको साथमा महेन्द्र जनरल अस्पताल सिराहाबाट १ महिला र १२ पुरुष, कलैया अस्पताल बाराबाट १७ पुरुष संक्रमणमुक्त भए ।
Categorized in समाज