आज ६० जना डिस्चार्ज
SamacharDesk – विकाश | २०७७ आषाढ १६, मंगलबार

पछिल्लो समयमा एक सयको हाराहारीमा संक्रमितहरु निको भएको खबर आइरहेको समयमा गएको २४ घन्टाभित्र भने ६० जना संक्रमितहरु मात्र निको भएका छन् ।
देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरहरुमा उपचाररत ६० जना संक्रमित उपचार पछि निको भई घर फर्केका हुन् ।
तीमध्ये ९ जना महिला छन् भने ५१ जना पुरुषहरु रहेका छन् ।
पछिल्लो पटक सबभन्दा बढि कोशी अस्पताल विराटनगरबाट संक्रमित निको भई डिस्चार्ज भएका छन् । कोशी अस्पतालबाट १४ जना निको भएर डिस्चार्ज भएका छन् ।
तिनीहरु झापाका ४ महिला र २ पुरुष, मोरङ जिल्लाबाट ३ महिला र २ पुरुष, पाँचथर जिल्लाका एक महिला र सुनसरी जिल्लाका एक महिला र एक पुरुष रहेका छन् ।
त्यसैगरी अल्पाइन नर्सिङ सेन्टर सर्लाहीबाट १५ पुरुष र साइकृष्ण आइसोलेसन सेन्टर सप्तरीबाट १५ पुरुष पनि संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोरङका ८ पुरुष, जलेश्वर अस्पताल महोत्तरीबाट ४ पुरुष र गण्डक अस्पताल पर्साबाट २ पुरुष पनि निको भई घर फर्के ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र आइसोलेसन सेन्टर पिपरा कोहलपुर बाँकेबाट एक÷एक पुरुष पनि संक्रमणमुक्त भएका छन् ।
उनीहरुको पछिल्लो दुईवटा पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।
आजको संख्यासँगै कोरोना भाईरस संक्रमण निको हुनेको संख्या ३ हजार एक सय ९४ पुगेको छ । तीमध्ये २ सय ७७ महिला र २ हजार ९ सय १७ पुरुष रहेका छन् ।
Categorized in समाज