उत्तर कोरियाले प्रतिबन्धित मिसाइल प्रक्षेपण गर्यो
SamacharDesk – राम डंगोल | २०७८ चैत्र ११, शुक्रबार

दक्षिण कोरियाले सन् २०१७ पछि पहिलो पटक प्रतिबन्धित इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरिया र जापानले दावी गरेको छ । जापानी अधिकारीहरूले यसको दायरा १,१०० किलोमिटर हुने अनुमान गरेका छन् ।
उत्तर कोरियाको इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल आईसीबीएम हजारौं किलोमिटरको दुरी पार गर्नसक्ने सैद्धान्तिक रुपमा अमेरिकासम्म पुग्न सक्ने क्षमताको रहेको बताइएको छ ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक र आणबिक हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको अवस्थामा उत्तर कोरियाले लगातार प्रतिबन्धित मिसाइल परिक्षण गरेको हो । उत्तर कोरियाले पछिल्ला हप्ता मात्रै धेरै परीक्षणहरू गरेको थिए ।
तिनमा अमेरिका र दक्षिण कोरियाले भने कि उनीहरूले ९आईसीबीएम० प्रणालीको परीक्षण पनि समावेश गरेका छन्। जापानी अधिकारीका अनुसार बिहीबार गरिएको मिसाइल परीक्षण पाँच वर्षअघि परीक्षण गरिएको मिसाइलभन्दा नयाँ र शक्तिशाली रहेको छ । यो मिसाइल आकाशमा ६ हजार किलोमिटरसम्म पुगेको बताइएको छ ।
दक्षिण कोरियाको सेनाले गत हप्ता भनेको थियो कि मार्च १६ मा उत्तर कोरियाले पनि संदिग्ध मिसाइल परीक्षण गरेको थियो, जुन केही उचाइमा गएपछि विस्फोट भएको थियो।
उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच लामो दुरीको ब्यालेस्टिक मिसाइल र आणबिक परीक्षण नगर्ने सहमति भएको थियो ।
सो सहमति तोड्दै उत्तर कोरियाले पटक–पटक मिसाइल परीक्षण गर्दै आएको छ ।
Categorized in अन्तर्राष्ट्रिय