युट्युबमार्फत् चरित्र हत्या गर्ने पक्राउ
SamacharDesk – समाचारडेस्क | २०७८ फाल्गुण २३, सोमबार

सेलेब नेपाल नामक युट्युब च्यानलबाट मानमर्दन र चरित्र हत्या गर्ने गरी भ्रामक समाचार सम्प्रेषण गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले आज एक विज्ञप्ति जारी गर्दै गुल्मी जिल्लाको भनभने–९ स्थायी घर भई हाल बुटवल–१३ रुपन्देही बसोबास गर्ने २१ वर्षीय राहुल थापालाई पक्राउ गरेको छ ।
विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकोले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई आइतबार पक्राउ गरेको उक्त विज्ञप्तिमा जनाइएको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको पनि जनाइएको छ ।
Categorized in अपराध