काठमाडौँको धोबीचौरबाट नगद र मूर्तिसहित एकजना पक्राउ
SamacharDesk – समाचारडेस्क | २०७८ माघ २७, बिहिबार

काठमाडौँको धोबीचौरस्थित सडकबाट एक थान पहेँलो रंगको धातुको मूर्ति, नगद एक लाख चार हजार ७४० रूपैयाँ र दुई थान मोबाइलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएका प्रहरीले टोखा बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–८ स्थायी घर भएका १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
Categorized in अपराध