अवैध लागूऔषध चरेससहित एकजना पक्राउ
SamacharDesk – बिकाश | २०७७ कार्तिक १३, बिहिबार

धादिङको गजुरीबाट करिब २ केजि ८ सय ग्राम अवैध लागूऔषध चरेश सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले गजुरी गाउँपालिका वडा नम्बर ६ आदमघाटस्थित सडकबाट सोही गाउँपालिका–७ तल्लो पेटारे बस्ने २५ वर्षीय सोमलाल तामाङलाई बुधबार साँझ पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो ।
सडकमा चेकजाँच गर्दा तामाङले बोकेको झोलामा प्रहरीले उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।
तामाङलाई पक्राउ गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Categorized in अपराध