रोनाल्डोको नवजात जुम्ल्याहा मध्ये एक बच्चाको मृत्यु
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ बैशाख ६, मंगलबार

पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिग्वेजको नवजात जुम्ल्याहा बच्चा मध्ये एकको मृत्यु भएको छ ।
मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो बच्चाको निधन भएको रोनाल्डोले जानकारी दिएका छन् । हालै जन्म भएको जुम्ल्याहा बच्चा मध्ये छोराको मृत्यु भएको र छोरी बाँचेको बताएका छन् ।
यस्तै ‘दुई मध्ये छोरी बाचिन्, यसले हामीलाई केही आशा र खुशीका साथ बाँच्न बल दिएको छ’, भन्दै रोनाल्डोले ट्विटरमा ट्विट गरेका छन् ।
३७ वर्षिय रोनाल्डो र २८ वर्षिय रोड्रिग्वेजले गत अक्टुबरमा बा–आमा बन्ने घोषणा गरेका थिए । रोनाल्डो अहिले ५ बच्चाका पिता छन् ।
यसअघि पहिलो बच्चा अलाना मार्टिनाको २०१७ मा जन्म भएको थियो । त्यो बाहेक रोनाल्डोका छोरा रोनाल्डो जुनियर र जुम्ल्याह इभा र माटेओ छन् ।
— Cristiano Ronaldo (@Cristiano) April 18, 2022Categorized in स्पाेर्ट्स
