arin enterprises

एकदिवसीय सिरिज पाकिस्तानलाई

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र २०, आइतबार

पाकिस्तानले तीन खेलको एकदिवसीय सिरिज जितेको छ ।

शनिबार भएको तेस्रौ तथा अन्तिम एकदिवसीय खेलमा पाकिस्तान भ्रमणमा रहेको अष्ट्रेलियालाई ९ विकेटले पराजित गर्दै पाकिस्तानले २–१ले एकदिवसीय सिरिज जितेको हो ।

लाहोरमा भएको खेलमा पाहुना टोली अष्ट्रेलियाले २ सय ११ रनको सामान्य लक्ष्य दिएको थियो । जुन पाकितानले मात्र १ विकेटको क्षतिमा  ३७.५ ओभरमा गुमाई २ सय १४ जोड्डै पार ग¥यो ।

घरेलु टोली पाकिस्तानको जितमा कप्तान बाबर आजमले शतकीय इनिङ खेले । उनले १ सय १५ बलमा १२ चौका प्रहार गर्दा १ सय ५ रनमा अविजित रहे ।

इमामुल हकले १ सय बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ८९ रनमा अविजित रहे । ओपनर फखर जमानले १७ रनको योगदान दिँदा  ।

बलिङ्गमा अष्ट्रेलियाका नाथन इलिसले १ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४१.५ ओभरमा मात्र २ सय १० रनमा अलआउट भयो ।

अष्ट्रेलियाको लागि एलेक्स केरीले अर्धष्टकीय इनिङ खेले । उनले ६१ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५६ रनको योगदान दिए ।

यस्तै सिन अब्बोटले ४९ रन, बेन मेक्डर्मेटले ३६, केमेरन ग्रिनले ३४, मार्कस स्टोइनेसले १९ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

अष्ट्रेलियालाई सस्तैमा समेट्न पाकिस्तानका हरिस रौफ र मोहमद वसिमले सामान ३÷३ विकेट लिँदा सहिन शाह अफ्रिदीले २ विकेट हात पारे ।

खेलका प्लेयर अफ द सिरिज पाकिस्तानका बाबर आजम घोषित भए ।

यसअघि दोस्रो एकदिवसीयमा पाकिस्तानले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो । पहिलो खेलमा भने अष्ट्रेलियाले पाकिस्तानलाई ८८ रनले पराजित गरेको थियो ।

Categorized in स्पाेर्ट्स