arin enterprises

आयोजक अष्ट्रेलिया सेमिफाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २७, शनिबार

आयोजक अष्ट्रेलिया महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार फ्रान्सलाई पेनाल्टी सुटआउटमा ६–७ ले हराउँदै अष्ट्रेलियाले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

सनकोर्प स्टेडियममा भएको खेलको निर्धारित ९० औं मिनेट र अतिरिक्त समय गोल रहितको बराबरीमा सकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टी सुटआउटमा अष्ट्रेलियाको लागि केटलिन फोर्ड, साम केर, मैरी फोलर,क्याटरिना ग्यारी, टमेका बट, एली कारपेन्टर र कोर्टनी वाइनले गोल गर्दा क्लेर हन्ट,म्याकेन्जी आर्नोल्ड र स्टेफनी क्याटली गोल गर्नवाट चुके ।

फ्रान्सको लागि कदिदियातो दियानी, वेन्दी रेनार, ईजुनय ले सोमे, ग्रेस गेयोरो, सकीना कशौई र मइल्ले लक्रारले गोल गरेकि थिइन् । यस्तै विकि बेको, केन्जा दली, इभ पेरिस्सेट र सेल्मा बाचा गोल गर्न असफल रहे ।

अष्ट्रेलियाले फाइनल प्रवेशका लागि इङ्ल्याण्ड र कोलम्बिया बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Categorized in स्पाेर्ट्स