arin enterprises

भाटभटेनीमा सुनका गरगहना चोरी

SamacharDesk – बिकाश | २०७७ कार्तिक ७, शुक्रबार

काठमाडौंको भाटभटेनीमा करीब साढे ३ लाख बराबरको सुनको गरगहना चोरी भएको छ । 

भाटभटेनीमा डेरा गरी बस्ने गुल्मी छत्रकोट गाउँपालिका १ की विन्दु भण्डारीको कोठाबाट गरगहनाहरु चोरी भएको हो ।

सुनका बिभिन्न गरगहना गरी करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको बताइएको छ ।

चोरीमा संलग्न व्यक्तिहरु हाल फरार रहेका छन् ।

फरार व्यक्तिहरुको खोजी शुरु भइसकेको प्रहरीले बताएको छ ।

Categorized in अपराध