पशुपतिमा पुजारी नियुक्त
SamacharDesk | २०८० श्रावण २४, बुधबार

हिन्दुहरूको आराध्यदेव पशुपतिनाथ मन्दिरमा एक पुजारी नियुक्त भएका छन् ।
मन्दिरमा यसअघि कार्यरत एक पुजारीले फागुनमा राजिनामा गरेपछि चार महिनादेखि रिक्त स्थानमा पुजारी नियुक्त गरिएको हो ।
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले चार महिना देखि रिक्त पुजारीको नियुक्ति गर्दै बुधबार नयाँ पूजारीलाई नियुक्त गरी मन्दिर प्रवेश गराएको परिषदका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।
नयाँ नियुक्त भएका पशुपतिका पुजारी विनय अडिगा हुन् । उनलाई आज मन्दिर क्षेत्रका विभिन्न ठाउँको परिक्रमा गराउँदै मन्दिर प्रवेश गराइएको हो ।
पशुपतिमा चार मूल पुजारी हुने गर्दछन् । तर, चार महिना देखि तीन जना मात्र थिए ।
Categorized in समाज