चेल्सीलाई टिकट बिक्री गर्न अनुमति
SamacharDesk – बिराज | २०७८ चैत्र १०, बिहिबार

इङ्गलिस क्लब चेल्सीले टिकट बिक्रीको लागि अनुमति पाएको छ ।
बेलायत सरकारले विशेष लाइसेन्स परिवर्तन गरेपछि चेल्सीले अवे खेल, कप खेल र महिला टोलीको खेलहरुको टिकट बिक्री गर्न अनुमति पाएको हो ।
चेल्सीको मालिक रसियन अर्वपति रोमन अब्रामोविचलाई बेलायत सरकारले प्रतिबन्ध गरेपछि चेल्सीले टिकट बेच्न सकेको थिएन ।
अब नयाँ लाइसेन्स अनुसार टिकट बिक्रीबाट प्राप्त रकम सिधै प्रिमियर लिगलाई जानेछ । त्यसपछि मात्र सम्बन्धित क्लब वा अन्य आवश्यक पक्षलाई प्रदान गरिने भएको छ ।
चेल्सीको आगामी खेलहरु अप्रिल ३ बाट शुरु हुन लागेको छ भने टिकट विक्रीको अनुमति पाएसँगै यी खेलहरुको टिकट पनि उसले बेच्न पाउने भएको छ ।
चेल्सीले अप्रिल ३ मा महिला सुरप लिग अन्तर्गत किंग्समेडोमा रिडिङसँग खेल्नेछ भने अप्रिल ६ मा च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडसँग खेल्नेछ ।
त्यस्तै अप्रिल १६ मा एफए कपको सेमिफाइनल खेलमा क्रिस्टल प्यालेसको सामना गर्नेछ ।
Categorized in स्पाेर्ट्स