इन्धनको मूल्य घट्यो
SamacharDesk | २०८० आषाढ ३१, आइतबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले पेट्रोलिपय पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिले आज राती १२ बजेबाट लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
यो प्रणालीमा निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा अढाई प्रतिशत नाफा राखेर मूल्य तोक्नेछ । खाना पकाउने एलपी ग्याँसको मूल्यमा भने निगमले नाफा नराख्ने निर्णय गरेको छ ।
स्वचालित मूल्य प्रणाली लागूभएसंगै पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ । घटेको मूल्य अनुसार काठमाडौं उपत्यकासहितका क्षेत्रमा पेट्रोलको मूल्य लिटरको १६४ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी, तराईका जिल्लामा १६१ रुपैयाँ ५० पैसा र भित्री मधेशमा १६३ रुपैयाँ मूल्य कायम भएको छ । डिजेल र मटीतेल उपत्यकामा लिटरको १ सय ४६ रुपैयाँ, तराईका जिल्लामा १४३ रुपैयाँ ५० पैसा र भित्री मधेसमा १ सय ४५ रुपैयाँ पर्ने निगमले जनाएको छ ।
त्यस्तै डीजल र मट्टीतेलमा समान चार–चार रुपियाँ घटेको छ । एलपी ग्यासमा १० रुपियाँ घटेको छ । अब एलपी ग्याँस एक हजार ७९० रुपियाँ पर्नेछ ।
घटेको नयाँ मूल्य आज राति १२ बजेदेखि कार्यान्वयन हुनेछ ।
Categorized in राष्ट्रिय