arin enterprises

इन्धनमा भएको मूल्यवृद्धि फिर्ता

SamacharDesk | २०८० आश्विन १४, आइतबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धि फिर्ता आज राती १२ बजेदेखि लागू हुने गरी फिर्ता गरेको छ ।

निगमले स्वचालित मूल्य भन्दै शनिबार निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।

नेपाल आयल निगमले सरकारलाई थाहै नदिई चाडवाडको समयमा पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि व्यक्त गरेपछि शनिबार बढेको मूल्यवृद्धि स्थगित गरिएको छ ।

प्रधानमन्त्रीले आइतबार आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद् बैठकले खाना पकाउने ग्याँसमा सहुलियत घोषणा गर्ने पनि प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

निगमले एक विज्ञप्ति मार्पmत आइतबार राति १२ बजेदेखि लागु हुने गरी शनिबार गरिएको मूल्य बृद्धि घटाइएको निगमले जनाएको छ । मूल्य वृद्धि फिर्ता लिएसँगै इन्धनमा यसअघिको मूल्य कायम हुनेछ ।

दशैं तिहारको मुखमा इन्धनको भाउ बढाएपछि सरकारको आलोचना भएको थियो ।

Categorized in राष्ट्रिय