चीनमा १३२ जना यात्रु बोकेको विमान दुर्घटना
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र ७, सोमबार

चीनको दक्षिणी भूभाग गुआङजी झुआङ स्वायत्त क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको छ ।
सोमबार १३२ जना यात्रु बोकेको बोइङ ७३७ विमान पहाडि क्षेत्रमा दुर्घटना भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।
चीनको दक्षिण पश्चिम प्रान्त युनानको कुनमिङ चाङसुइ विमानस्थलबाट दिउँसो १ बजेपछि ग्वाङझाओको लागि उडेको विमान दुर्घटनामा परेको हो ।
२०१५ को जुनदेखि मात्र सञ्चालनमा ल्याइएको उक्त जहाजमा १२ बिजनेस क्लास सिटसहित १६२ सिट रहेको थियो ।
विमान दुर्घटना पछि घटनास्थलमा स्थानीय सरकारले ठूलो संख्यामा उद्धार टोली खटाएको सिन्ह्वाले जनाएको छ ।
पूर्व निर्धारित समय अनुसार उक्त जहाज अपराह्न ३ बजे अवतरण गर्नुपर्ने थियो ।
Categorized in अन्तर्राष्ट्रिय